बाराको निजगढमा स्थानीयमाथि धारिलो हतियार प्रहार
सिमरा: बाराको निजगढ नगरपालिका–१, सिंगौलमा सोमबार एक स्थानीयमाथि घरेलु हतियार (दाउ) प्रहार भएको छ। स्थानीय ५० वर्षीय धनबहादुर घिमिरेले सोही ठाउँका ४० वर्षीय मानबहादुर योञ्जनमाथि मासु काट्न प्रयोग गरिने धारिलो हतियार प्रहार गरेका हुन्।हतियार प्रहारबाट योञ्जनको गर्दनमा गहिरो चोट लागेको छ। घटनालगत्तै गम्भीर घाइते योञ्जनको उद्धार गरी तत्काल निजगढस्थित सिटी अस्पताल पुर्याइएको थियो। त्यहाँ प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ।
