SHARE
मकालु खबर · सोमबार २२ असार २०८३ ११:३३ AM · 1 मिनेट पढाइ

इमानदार प्रयास भए पार्टीभित्रको विवाद समाधान गर्न सकिन्छ: प्रकाशशरण महत

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि नेतृत्व तहमा गम्भीर र इमानदार संवादको आवश्यकता औँल्याएका छन् । सोमवार संस्थापन इतर पक्षको बैठकपछि सञ्चारकर्मीहरूसँग आफ्ना धारणा राख्दै नेता महतले बाहिर चर्चाका लागि मात्र नभई वास्तविक निष्कर्ष निकाल्ने उद्देश्यले वार्तामा बस्नुपर्नेमा जोड दिए ।