SHARE
मकालु खबर · सोमबार २२ असार २०८३ ११:५० AM · 1 मिनेट पढाइ

सरकारले ट्रेड युनियन खारेज गर्ने मनसाय राखेको छैन: मन्त्री यादव

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारको ट्रेड युनियन खारेज गर्ने मनसाय नरहेको बताएका छन् । सोमवार प्रतिनिधि सभा बैठकमा अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि, १०३० सम्बन्धी सन २०१४ को प्रोटोकल नम्बर २९ माथिको सैद्धान्तिक छलफलको क्रममा सांसदहरूले उठाएका जिज्ञासाहरूको जवाफ दिने क्रममा उनले उक्त प्रतिक्रिया दिएका हुन् ।