SHARE
मकालु खबर · सोमबार २२ असार २०८३ १२:१० PM · 1 मिनेट पढाइ

अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक समितिमा

काठमाडौं । ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३’ दफाबार छलफलका लागि प्रतिनिधिसभाको सम्बन्धित समितिमा पठाइएको छ । सभाको आजको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) ले दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी राखेको प्रस्तावलाई सभाले स्वीकृति जनाएको थियो । सो विधेयक राष्ट्रियसभामा उत्पत्ति भएको हो ।