SHARE
मकालु खबर · सोमबार २२ असार २०८३ ११:०९ AM · 1 मिनेट पढाइ

सुडान युद्धले लियो ६ महिनामा ३०० बालबालिकाको ज्यान

एजेन्सी । सुडानमा जारी गृहयुद्धका कारण पछिल्लो छ महिनामै ३०० भन्दा बढी बालबालिकाको मृत्यु भएको छ । तीमध्ये अधिकांशको ज्यान ड्रोन आक्रमणमा गएको संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले सोमबार जनाएको छ । युद्ध थप तीव्र बन्दै जाँदा बालबालिका हिंसा, विस्थापन र मानवीय सङ्कटको सबैभन्दा ठूलो मारमा परिरहेका छन् ।