सेयर बजार राताम्मे, नेप्से परिसूचक २६ अंकले घट्यो
काठमाडौं : साताको पहिलो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। यसदिन नेप्से परिसूचक २६.२९ अंकले घटेर २६२७.११ विन्दुमा पुगेको छ।यसदिन ३५६ वटा स्क्रिप्सको ७५ लाख ४० हजार ४१८ वटा कित्ता सेयर ३ अर्ब ५५ करोड ७९ लाख ८१ हजार ४९८ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ३४ वटा स्टक्सको मूल्य बढ्दा २३९ वटाको घट्यो। ४ वटा स्टक्सको मूल्य स्थिर रह्यो।यसदिन स्नो रिभर्स र सानिगाढ हाइड्रो पावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
