SHARE
अन्नपूर्ण · सोमबार २२ असार २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

सरकारसँग प्रचण्डको ‘मोहभंग’

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले  सुरुवाती दिनमा नयाँ सरकारप्रति निकै लचिलो देखिएका थिए। उनी भदौ २३ र २४ गतेको ‘जेन–जी (जनेरेसन जेट) आन्दोलन’ र फागुन २१ गते सम्पन्न निर्वाचनको परिणामप्रति पनि नरम थिए।एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा निर्वाचनमा जानु हुँदैन भन्ने पक्षमा रहँदारहँदै पनि दाहालले नै निर्वाचनको मिति घोषणाको स्वागत गरेका थिए।