कर्णाली नदीमा खसेको गाडी अझै बेपत्ता, आधुनिक प्रविधिसहित खोजी जारी
‘कर्णालीका मान्छे, कर्णालीले खान्छ’मृत्यु मार्ग बन्यो कर्णाली राजमार्गवीरेन्द्रनगर : कर्णाली राजमार्गको दैलेख खण्डको सांगेतडा नजीकैको भीरबाट गत बिहिबार बिहान ११ फोर्स गाडी कर्णाली नदीमा डुब्यो । नजीकबाट कसैले नदेख्ने भीरबाट गाडी खस्दा राजमार्गको अर्को साईडमा अछामको खेतमा काम गरिरहेका स्थानियले नदीमा गाडी खसेको देखेपछि झण्डै साडे ११ बजेतिर प्रहरीलाई खबर गरे । केही समयमै पाल्तडाको प्रहरी घटनास्थल पुग्यो । १ बजेतिर दैलेखको प्रहरी टोली पनि घटनास्थल पुगे । उद्धारमा खटिए ।
