बालेनलाई आरेन राईको चेतावनी - लोकतन्त्रमाथि प्रहार भए विद्रोह हुन्छ
काठमाडौं : श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले संविधान संशोधनका नाममा प्राप्त उपलब्धीलाई खारेज गर्ने प्रयास भए स्वीकार्य नहुने बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा प्रमुख सचेतक राईले संविधान संशोधनका नाममा लोकतन्त्र,संघीयता र धर्मनिरपेक्षतामाथि खेलबाड गरिए वा प्रदेश खारेज गर्ने दुस्साहस गरिए स्वीकार्य नहुने चेतावनी दिए । उनले संविधान संशोधन गर्ने नै हो भने महिलाको हाल सुनिश्चित गरिएको एक–तिहाइ (३३ प्रतिशत) अधिकारलाई बढाएर ५० प्रतिशत पुर्याउनुपर्ने धारणा राखे।
