खामेनीको अन्त्येष्टिको धार्मिक विधि सुरु, तेहरान र कोममा उच्च सुरक्षा सतर्कता
तेहरान : इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको अन्त्येष्टि समारोह तेहरानमा सुरु भएको छ। इरानी सञ्चारमाध्यमहरूका अनुसार अन्त्येष्टि कार्यक्रममा लाखौँको संख्यामा सर्वसाधारणको उपस्थिति रहेको छ। विभिन्न मिडिया आउटलेटहरूले सार्वजनिक गरेका तस्बिर र भिडियोहरूमा समारोहमा जनसागर उर्लिएको देखिन्छ। विशेष भीडभाडलाई मध्यनजर गर्दै राजधानी तेहरान र धार्मिक सहर कोममा विशेष ट्राफिक नियम र सुरक्षा व्यवस्था लागू गरिएको छ।
