SHARE
अन्नपूर्ण · सोमबार २२ असार २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

कर्णाली दुर्घटनाको उद्धारमा ढिलाइबारे सरकारलाई रुलिङ गर्न ज्ञानेन्द्र शाहीको माग

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले कर्णाली नदीमा भएको सवारी दुर्घटनामा बेपत्ता भएकाको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन सरकारसँग माग गरेका छन्।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले कर्णाली नदीमा खसेको गाडी र बेपत्ता यात्रुको खोजी तथा उद्धारमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले घटनाको सत्यतथ्य सार्वजनिक गर्न तथा उद्धारमा भएको ढिलाइबारे सरकारलाई सभामुखमार्फत् तत्काल रुलिङ गर्न आग्रह गरे।