फास्ट ट्र्याकको प्रस्थानविन्दु अझै टुंगिएन
काठमाडौं : राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेस द्रुतमार्ग आयोजनाको प्रस्थानविन्दु (स्टार्टिङ प्वाइन्ट) अझै टुंगो लाग्न सकेको छैन। आयोजनाको समग्र भौतिक तथा वित्तीय प्रगति करिब ४९ प्रतिशत पुगिसकेको भए पनि प्रस्थानविन्दुबारे सरकारी निर्णय हुन नसक्दा आयोजना प्रभावित बनेको छ । प्रस्थानविन्दु खोकनामै रहने कि फर्सिडोल सार्ने भन्नेमा विवाद छ।
