ओपेक प्लसद्वारा तेल उत्पादन कोटा बढाउने तयारी
लन्डन (एजेन्सी) : मध्यपूर्वको तनाव बिस्तारै कम हुँदै गएपछि पेट्रोलियम निर्यातक देशहरूको संगठन (ओपेक प्लस) ले तेलको उत्पादन कोटा बढाउने सम्भावना देखिएको छ ।साउदी अरब र रुससहित सात प्रमुख सदस्य राष्ट्रहरूले आगामी अगस्ट महिनाको उत्पादन परिमाणबारे भर्चुअल बैठकमार्फत छलफल गर्दै छन् ।
