पाँच पटकको विश्व विजेता ब्राजिललाई पराजित गर्दै नर्वे क्वाटरफाइनलमा
काठमाडौं : फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा ब्राजिललाई पराजित गर्दै नर्वे क्वाटर फाइनल प्रवेश गरेको छ। न्यूयोर्कको न्यु जर्सी स्टेडियममा भएको खेलमा नर्वेले पाँच पटकको विश्वकप विजेता ब्राजिललाई २-१ ले पराजित गरेको हो।नर्वेको जितमा दुवै गोल एर्लिङ हालन्डले गरे। ब्राजिलको लागि खेलको इन्जुरी समयको १० औं मिनेटमा नेयमारले जुनियरले पेनाल्टीमार्फत गोल फर्काएका थिए। तर त्यो गोल ब्राजिलको विश्वकप यात्रा कायम राख्नको लागि पर्याप्त बनेन। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
