SHARE
अन्नपूर्ण · सोमबार २२ असार २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

९१ वर्ष पुगे दलाई लामा

काठमाडौं : तिब्बती समुदायका धार्मिक नेता एवम् गुरु १४ औँ दलाई लामा सोमबार ९१ वर्षमा पुगेका छन्। उनको जन्मदिनका अवसरमा भारत, नेपालसहित विश्वका विभिन्न मुलुकमा रहेका तिब्बती समुदाय र उनका समर्थकहरूले विशेष कार्यक्रम आयोजना गरी दीर्घायुको कामनासहित शान्ति, करुणा र सहिष्णुताको सन्देशलाई स्मरण गरिरहेका छन्।सन् १९३५ जुलाई ६ मा तिब्बतको आम्दो क्षेत्रस्थित ताक्सेर गाउँमा जन्मिएका उनको बाल्यकालको नाम ल्हामो थोन्दुप थियो।