SHARE
अन्नपूर्ण · आइबार​ २१ असार २०८३ १०:०१ PM · 1 मिनेट पढाइ

भारतीय पर्यटकका गाडी नाकामै रोकिएपछि ठोरीको होटल तथा पर्यटन व्यवसाय संकटमा

वीरगन्ज : सशस्त्र प्रहरीले गत शुक्रबारदेखि नाकामै भारतीय पर्यटकका सवारीसाधन रोक्न थालेपछि मधेस प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र पर्साको ठोरीको होटल तथा पर्यटन व्यवसाय संकटमा परेको छ। यसअघि ठोरीमा निर्वाध प्रवेश गर्दै आएका भारतीय पर्यटकका सवारी साधनलाई सशस्त्र प्रहरीले माथिको आदेश भन्दै नाका क्षेत्रमै रोक्न थालेपछि त्यहाँको होटल तथा पर्यटन व्यवसाय संकटमा परेको हो।