SHARE
अन्नपूर्ण · शुक्रबार​ ६ भौ २०८२ १२:०८ AM · 1 मिनेट पढाइ

च्यासलले मेरो सदस्यतामाथि प्रश्न उठायो, तर साथीहरूले नेता भन्छन् : विद्या भण्डारी

काठमाडौं : नेकपा एमालेकी नेतृ विद्यादेवी भण्डारीले आफ्नो संगठीत सदस्यमाथि च्यासलले प्रश्न उठाएको भन्दै आक्रोश व्यक्त गरेकी छन्। बिहीबार काठमाडौंमा मदन भण्डारी ७५ औँ जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालयको उद्घाटन गर्दै उनले च्यासलले आफ्नो सदस्यतामाथि प्रश्न उठाएपनि साथीहरूले आफूलाई नेता भन्ने गरेको दाबी गरेकी हुन्। उनले भनिन्,ʻम पार्टीमा काम गरिरहन्छु। तर मेरो सदस्यताको बारेमा प्रश्न उठेको छ। तर साथीहरू नेता भन्छन्। च्यासले मेरो पार्टीको संगठित सदस्यतामै प्रश्न उठाएको छ।