सामसङ इनोभेसन क्याम्पसका ५६ विद्यार्थीलाई प्रमाणपत्र वितरण
काठमाडौं : सामसङले आज आफ्नो प्रमुख सिएसआर पहल, सामसङ इनोभेसन क्याम्पस, अन्तर्गत कोडिङ र प्रोग्रामिङ कोर्सको तेस्रो ब्याच सफलतापूर्वक पूरा गरेका त्रिभुवन विश्वविद्यालय अन्तर्गत पूर्वीय इन्जिनियरिङ क्याम्पसका ५६ जना विद्यार्थीलाई प्रमाणपत्र वितरण गरेको छ।यसैको साथै अब नयाँ ब्याचको एआई र बिग डाटा को तालिम सुरु हुनेछ जसले गर्दा विद्यार्थीहरू भविष्यका लागि आवश्यक दक्षताहरूसँग सज्ज हुनेछन्।
