SHARE
अन्नपूर्ण · शुक्रबार​ ६ भौ २०८२ १२:०८ AM · 1 मिनेट पढाइ

विद्यालय शिक्षा विधेयक समितिबाट पारित

काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक, २०८० पारित गरेको छ।  बिहीबार सिंहदरबारमा बसेको समिति बैठकले विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदनमाथि छलफल गर्दै पारित गरेको हो। विधेयकको केही दफामा माओवादी केन्द्र, रास्वपा र राप्रपाका सांसदले फरक मत दर्ज गराएका छन्।