SHARE
अन्नपूर्ण · शुक्रबार​ ६ भौ २०८२ १२:०८ AM · 1 मिनेट पढाइ

लक्ष्मी ग्रुपले बहुप्रतिष्ठित ब्रान्डहरूको प्रदर्शनी 'लक्सपिरियन्स २०२५' आयोजना गर्ने

काठमाडौं : नेपालको अग्रणी व्यापारिक संस्था लक्ष्मी ग्रुपले भदौ ७ र ८ गते काठमाडौंको गैह्रीधारामा 'लक्सपिरियन्स २०२५' आयोजना गर्ने भएको छ। आगामी शनिबार र आइतबार बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म 'लक्सपिरियन्स २०२५' आयोजना गर्न लागिएको लक्ष्मी ग्रुपले जनाएको छ।यस प्रदर्शनीलाई हुन्डाई, बीएमडब्लू, केई र फोर्थिङजस्ता बहुप्रतिष्ठित ब्रान्डहरूले विशेष बनाउने विश्वास लिइएको छ।