कोरिया पठाइदिन्छु भन्दै १ करोड बढी ठगी, एकजना पक्राउ
काठमाडौं : वैदेशिक रोजगारीका लागि कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-१ नक्साल बस्ने ३८ वर्षीया साहारा सुव्वा (थेवे)लाई बुधबार प्रहरीले पक्राउ गरेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुरको ललितपुर महानगरपालिका-२८ हरिसिद्धिबाट पक्राउ गरेको हो।
