SHARE
अन्नपूर्ण · आइबार​ २१ असार २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

एडीबीका अध्यक्ष कान्दा काठमाडौं आउँदै, प्रधानमन्त्री बालेनसँग भेट्ने

काठमाडौं : एसियाली विकास बैंक(एडीबी)का अध्यक्ष मासातो कान्दा नेपाल भ्रमणमा आउने भएका छन्। एडीबीको उच्चस्तरीय टोलीको नेतृत्व गर्दै कान्दा काठमाडौं आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ।स्रोतका अनुसार एडीबीका अध्यक्ष कान्दाले प्रधानमन्त्री बालेन्द्र शाह, अर्थमन्त्री स्वर्णिम वाग्लेलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ।कान्दाले प्रधानमन्त्री शाहसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने स्रोतको दाबी छ। यसअघि उनले कूटनीतिक नियोगका प्रतिनिधिहरूसँग एक्लाएक्लै द्विपक्षीय भेट गरेका छैनन्।