सिंगटी हाइड्रो पावरको ड्याममा युवकको शव फेला
दोलखाको कालिञ्चोक गाउँपालिकाको सोरुङ खोलास्थित सिंगटी हाइड्रो पावरको ड्याममा अड्किएर रहेको अवस्थामा युवकको शव फेला परेको छ।दोलखाको विगु गाउँपालिका-५ चिलङ्खाका २१ वर्षीय राजु तामाङको शव फेला परेको हो। कालिञ्चोक गाउँपालिका-२ सोरुङ खोलास्थित सिंगटी हाइड्रो पावरको ड्याममा बेवारिसे अवस्थामा शव देखेपछि आयोजनाका कर्मचारी राजीव थामीले सशस्त्र प्रहरी बल सिगटीलाई जानकारी गराएका थिए। मृतक तामाङ बुधबार बिहान करिब ११ बजे घरबाट माछा मार्न भनि निस्किएको पारिवारिक स्रोतले जनाएको छ।
