लोकसेवा आयोगको परीक्षा दिने चार नक्कली परीक्षार्थी पक्राउ
कर्णाली : लोकसेवा आयोगको परीक्षा दिने चार नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ। सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ इत्रामस्थित रहेको लोकसेवा आयोगको कार्यालयमा सञ्चालन भइरहेको सञ्चार/इञ्जिनियर प्राविधिक प्रहरी जवान परीक्षामा नागरिकता र प्रवेशपत्रमा फोटो बदली परीक्षा दिने २५ वर्षीय श्यामशङ्कर सिंह र २० वर्षीय भरत तिरुवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढथापाले जानकारी दिए।
