प्रवेशाज्ञा बिना पुतलीबजारमा बसेका २ जापानी नागरिक पक्राउ
स्याङ्जा : प्रवेशाज्ञा बिना पुतलीबजार नगरपालिका-१ स्थित प्रगतिनगरमा बस्दै आएका २ जना जापानी नागरिक पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक दधिराम न्यौपानेले उक्त जानकारी दिएका हुन। लुकीछिपी अवस्थामा बसिरहेका एक महिला र पुरुषलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा सिरोरी सिटीका ४६ वर्षीया योइचिरो यहागी र ४७ वर्षीय हानाको यहागी रहेको प्रहरी उपरीक्षक न्यौपानेले बताए।
