रिसाएर माइत गएकी श्रीमती फर्काउन ससुराली गएका लवप्रीतलाई सालोले जिउँदै जलाए
भारत : भारत पञ्जाबको तरनतारणमा एक दर्दनाक घटना घटेको छ । रिसाएर माइती गएकी श्रीमतीलाई मनाएर फर्काउन ससुराल पुगेका लवप्रीत सिंहमाथि उनका सालाले पेट्रोल हालेर आगो लगाई दिएका छन् । सालोले पेट्रोल खन्याएर आयो लगाई दिएपछि उनको घटनास्थलमै मृत्यु भएको छ । पीडितलाई बचाउन आएकी उनकी साली पनि उक्त घटनामा गम्भीर रूपमा जलेर घाइते भएकी छिन् । पछि उपचारका क्रममा उनको पनि मृत्यु भयो । रिपोर्टअनुसार यो घटना १३ जुनमा भएको हो, तर यसको भिडियो हालै सार्वजनिक भएपछि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
