SHARE
अन्नपूर्ण · आइबार​ २१ असार २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

सरकारले १०० दिनमा आशा जगाउनुको सट्टा संशय र आशंका मात्रै जन्माउने काम गर्यो : प्रदीप पौडेल

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक अभियानलाई लिएर देखिएको विवाद अन्त्य गर्दै सबै पक्षलाई अभियानमा सहभागी हुन आग्रह गरेका छन् । आइतबार कांग्रेसको नयाँ क्रियाशील सदस्य अद्यावधिक कार्यक्रम अन्तर्गत युवासँग गरिएको अन्तरक्रियामा बोल्दै महामन्त्री पौडेलले विधानको परिधिभित्र रहेर सबैलाई समेट्नु पर्ने र आगामी १५औं महाधिवेशनलाई विधिसम्मत ढङ्गले सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याए ।