SHARE
अन्नपूर्ण · शुक्रबार​ ६ भौ २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

किसानसँग नगरका जनप्रतिनिधि कार्यक्रम

नुवाकोट : नुवाकोटको विदुर नगरपालिकामा पहिलो पटक किसानसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गरिएको छ। जनप्रतिनिधिसँग किसानहरूले विभिन्न समस्याका कारण आधुनिक खेती प्रणाली अवलम्बन गर्न नसकिएको बताए। विदुर नगरपालिका-८ को आयोजनामा बिहीबार थुम्कामा ‘किसानसँग जनप्रतिनिधि’ साक्षात्कार कार्यक्रम गरिएको हो। विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा बोगटी, वडाध्यक्ष कमल श्रेष्ठलगायतका जनप्रतिनिधिसँग किसानहरूले कृषि क्षेत्रमा विद्यमान समस्या र समाधानका लागि उचित कार्य गर्न माग गरे।