गाउँपालिका अध्यक्षसँग बाआमा छोराछोरी कार्यक्रम
नुवाकोट : सामुदायिक विद्यालयको शिक्षा अभिवृद्धिमा अभिभावकहरूको प्रत्यक्ष सहभागितामा जोड दिँदै नुवाकोटको तारकेश्वर गाउँपालिकाले अध्यक्षसँग बाआमा छोराछोरी कार्यक्रम सञ्चालन गरेको छ। जसअन्तर्गत तारकेश्वर ५ निग्लेनीस्थित भूमेदेवी आधारभूत विद्यालयमा गाउँपालिका अध्यक्षसँग बाआमा, छोराछोरी तथा बालबालिका कार्यक्रम गरिएको हो।
