लामो समयदेखि कार्यालयमा हाजिर नभएका नार्कका २ कमर्चारी सेवाबाट हटाइए
काठमाडौं : कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले लामो समयदेखि कार्यालयमा उपस्थित नभएका कर्मचारी हटाउन सुरु गरेकी छन्। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को अध्यक्ष समेत रहेकी चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीलाई सेवाबाट हटाएकी हुन्।
