लुम्बिनीका ६ जिल्लामा आइतवार सार्वजनिक बिदा
बुटवल : लुम्बिनी प्रदेश सरकारले बर्का अट्वारी पर्वको अवसरमा भदौ ८ गते आइतबार सार्वजनिक बिदा दिने भएको छ। थारू समुदायको बसोवास रहेका ६ दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको छ। थारू समुदायमा महत्वका साथ मनाइने बर्का अट्वारी पर्व यस बर्ष भदौ ८ गते आइतबार परेको छ। यो पर्वमा थारू समुदायका पुरुषहरू उपवास ‘व्रत’ बस्ने चलन छ।
