SHARE
अन्नपूर्ण · शुक्रबार​ ६ भौ २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

लुम्बिनीका ७० हजार बालबालिकालाई खोप लगाएपछि पूर्ण खोप सुनिश्चित र दिगोपना घोषणा

बुटवल : लुम्बिनी प्रदेशका ७० हजार ५ सय १८ जना बालबालिकाहरूलाई १५ महिनाभित्र पाउनुपर्ने सबै खोप प्राप्त भएपछि सिंगो प्रदेशलाई नै पूर्ण खोप सुनिश्चित र दिगोपना घोषणा गरिएको छ। बिहीबार एक कार्यक्रमको आयोजना गरी घोषणा गरिएको हो। आर्थिक वर्ष २०८१/८२ मा घरधुरी सर्वेक्षणमार्फत १६ देखि २३ महिनासम्मका बालबालिकाहरूले पाउनुपर्ने सबै खोप पाएका छन्। शून्य डोज भएका ६९ र खोप छुट भएका २ हजार ३ सय ८७ बालबालिकाको पहिचान गरेर खोप लगाइएको थियो।