'सुरक्षा ग्यारेन्टी' बिना पुटिनसँग वार्ता गर्न तयार छैनन् जेलेन्स्की
काठमाडौं : राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध रोकिएपछि भविष्यमा सम्भावित रुसी आक्रमण रोक्न युक्रेनका लागि ठोस सुरक्षा प्रत्याभूति अनिवार्य हुने बताएका छन्।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्न आफू तयार रहेको तर त्यसअघि युक्रेनको सुरक्षा सुनिश्चित हुनुपर्ने शर्त राख्दै उनले भनेका छन्, 'हामी सातदेखि १० दिनभित्र 'सुरक्षा ग्यारेन्टी'को ठोस योजना बुझ्न चाहन्छौं।
