SHARE
अन्नपूर्ण · आइबार​ २१ असार २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

नेपाली बजारमा पोकोका दुई नयाँ फाइभजी स्मार्टफोन सार्वजनिक

काठमाडौं : टेलिटकले नेपाली बजारमा पोको एम८एस ५जी र पोको एम८ प्रो ५जी स्मार्टफोन सार्वजनिक गरेको छ। कम्पनीका अनुसार उत्कृष्ट कार्यसम्पादन, सहज फाइभ–जी अनुभव र प्रतिस्पर्धी मूल्यलाई ध्यानमा राखेर यी दुवै स्मार्टफोन नेपाली बजारमा ल्याइएको हो।पोको एम८एस ५जीमा ७,००० एमएएच क्षमताको ब्याट्री, ३३ वाट टर्बो चार्जिङ र १८ वाट रिभर्स चार्जिङ सुविधा उपलब्ध छ। यसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा र ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा राखिएको छ।