इरानका सर्वोच्च नेता आफ्ना पिता अली खामेनीको अन्त्येष्टिमा किन भए अनुपस्थित ?
इरान : पूर्व इरानी सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईका तीन छोरा मोस्तफा, मेइसाम र मसुद खामेनीले आइतबार आफ्ना पिता तथा परिवारका अन्य चार सदस्यको शव अगाडि अन्तिम प्रार्थना गरे । तर अली खामेनीपछि इरानको सर्वोच्च नेता बनेका उनका छोरा मोज्तबा खामेनी भने अन्त्येष्टि कार्यक्रममा देखिएनन् ।सरकारी टेलिभिजनले तेहरानस्थित विशाल धार्मिक परिसर इमाम खोमेनी मोसल्लाको प्रांगणमा राखिएका शवअगाडि तीन भाइले प्रार्थना गरिरहेको दृश्य प्रसारण गरेको थियो ।
