मौद्रिक नीति लचिलो आउँछ, कसिलो गर्नुपर्ने कुनै कारण छैन: पूर्वगभर्नर (भिडिओ)
काठमाडौँ । पूर्वगभर्नर महाप्रसाद अधिकारीले मुलुकको समग्र आर्थिक आधारभूत अवस्था सबल रहेकाले आगामी मौद्रिक नीति लचिलो हुने बताएका छन् । आइतबार प्रतिनिधि सभाको अर्थ समितिमा मौद्रिक नीतिका बारेमा भएको छलफलमा उनले मौद्रिक नीतिलाई कसिलो गर्नुपर्ने आवश्यकता नरहेको बताएका हुन् ।
