SHARE
मकालु खबर · शनिबार २७ भौ २०८३ ०२:३६ AM · 1 मिनेट पढाइ

नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला: पर्व आज समापन हुँदै

बनेपा । चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म काठमाडौँ उपत्यकासहित यहाँका नेवार समुदायले मनाउने गुँला: पर्व आज सम्पन्न हुँदैछ । पर्वका अवसरमा मौलिक बाजागाजासहित भोज (पारु भ्वय्) खाने तथा विभिन्न धार्मिक गतिविधि गर्ने परम्परा छ । गुँला: पर्वको अन्तिम दिन विधिपूर्वक विशेष पूजाआराधना गरी एकमहिने व्रत समापन गरिन्छ ।