SHARE
मकालु खबर · शनिबार २७ भौ २०८३ ०१:४८ AM · 1 मिनेट पढाइ

जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ

बागलुङ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित थानापति सामुदायिक वनमा तीन थान भरुवा बन्दुक फेला पारेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीका अनुसार प्रहरी टोलीले शुक्रबार अपराह्न उक्त जङ्गलबाट एकनाले तीन थान भरुवा बन्दुक फेला पारेको हो ।