SHARE
मकालु खबर · शनिबार २७ भौ २०८३ ०३:४२ AM · 1 मिनेट पढाइ

छाडा चौपाया व्यवस्थापनसँगै आम्दानी गर्दै गौशाला

धनगढी । छाडा पशुचौपायाको व्यवस्थापनको लागि सञ्चालनमा रहेको कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरमा अवस्थित गौशालाले छाडा पशुको व्यवस्थापनसँगै आम्दानी गर्दै आएको छ । विस २०७४ मा स्थापना भएको उक्त गौशालामा हाल १५० वटा छाडा पशु रहेका छन् । यसमा २० वटा स्थानीय जातका दुध दिने गाई छन् ।