SHARE
मकालु खबर · शनिबार २७ भौ २०८३ ०४:४६ AM · 1 मिनेट पढाइ

एसिसी प्रिमियर कपः फाइनल खेलमा आसिफको शतक, नेपाल बलियो स्थितिमा

काठमाडौँ । एसिसी प्रिमियर कप एकदिवसीय अन्तरराष्ट्रिय प्रतियोगिताको फाइनल खेलमा युनाइटेडट अरब इमिरेट्स (युएई) विरुद्ध नेपाली ओपनिङ ब्याटर आसिफ शेखले शतक पूरा गरेका छन् । मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभलमा जारी खेलमा उनले १०३ बलमा ८ चौका र ४ छक्कासहित शतक पूरा गरेका हुन् । एकदिवसीय अन्तरराष्ट्रियमा आसिफको यो दोस्रो शतक हो ।