‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम : बहत्तर वर्षीया विकलाई नागरिकता
बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–१ पितलथलाकी भुन्टी विकले ७२ वर्षका उमेरमा नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् । प्रमुख जिल्ला अधिकारी मीना अर्यालले सात दशक बढी उमेर बितिसक्दा नागरिकता विहीन सुस्त मनस्थितीकी विकलाई नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् । नागरिकता नहुँदा विक राज्यबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्तालगायतका सेवासुविधाबाट वञ्चित हुँदै आएका थिए ।
