SHARE
अन्नपूर्ण · आइबार​ २१ असार २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

गर्भावस्थामा ध्यान, स्वस्थ सन्तान

काठमाडौं : २६ वर्षीया नीति अधिकारी गर्भवती छिन्। उनलाई गत साता अचानक रक्तस्राव भयो। तुरुन्तै त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगन्जमा भर्ना भई उपचार गराइन्। भिडियो एक्सरे गराउँदा गर्भमा तिम्ल्याहा रहेको पत्ता लागेको छ। उपचार गराई घर फर्किएकी अधिकारी भन्छिन्, ‘खासै डराएकी छैन। अस्पताल नजिकै बसाई भएकाले चिन्ता छैन। केही अप्ठ्यारो परे आइहालिन्छ।’गर्भावस्थाको अन्तिम चरणतिर पुग्दा बाजुरा जिल्लाकी एक गर्भवतीको दैनिकी सामान्यजस्तै थियो।