SHARE
अन्नपूर्ण · आइबार​ २१ असार २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

काग फ्लुः सतर्क बनौं, सुरक्षित रहौं

३ महिनादेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बर्ड फ्लुको संक्रमण फैलिन थालेको छ। यसले जनस्वास्थ्य र पशुपन्छी दुवै क्षेत्रमा चिन्ता बढेको छ। बर्ड फ्लु पन्छीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। हाल मुलुकका ११ जिल्लाका कुल ८२ स्थानमा यो रोग पुष्टि भएको छ। कतिपय जिल्लामा भने यो रोग नियन्त्रणमा आइसकेको छ। संक्रमण फैलिनुको प्रमुख कारण बर्ड फ्लु संक्रमित काग हुन सक्ने अनुमान गरिएको छ। केही महिनाअघि काठमाडौंमा ठूलो संख्यामा काग मरेपछि गरिएको परीक्षणले बर्ड फ्लु पुष्टि गरेको थियो।