फोर्थिङ फ्राइडेले “फ्राइडे टु फ्राइडे, २०२५ – २०३०” – नेपाली ग्राहकहरूका लागि ५ वर्षे विशेष अफर सार्वजनिक गर्यो
४ भदौ, काठमाडौं । नेपालको नयाँ प्रिमियम इलेक्ट्रिक भेहिकल (EV) फोर्थिङ फ्राइडे ले “फ्राइडे टु फ्राइडे, २०२५ – २०३०” नामक पाँच वर्षे विशेष योजना सार्वजनिक गरेको छ। यस योजनाले ग्राहक सन्तुष्टि, दीर्घकालीन मूल्य र दिगो गतिशीलताप्रति ब्रान्डको प्रतिबद्धतालाई उजागर गर्दछ।
