सिटिजन्स बैंकले बागमती प्रदेशमा “ईम्पावरिङ्ग लिडरसिप” सेमिनार सम्पन्न
५ भदौ, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बागमती प्रदेशमा “ईम्पावरिङ्ग लिडरसिप् इन् बागमती: सेमिनार फर पर्फरमेन्स एण्ड एक्शिलेन्स” कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रममा बैंकका प्रदेश प्रमुख, क्लस्टरहेड, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू सहभागी भएका थिए। कार्यक्रम बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, उप–प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीहरूको उपस्थितिमा सम्पन्न भएको थियो।
