ट्रम्पले आफ्नो हस्ताक्षरसहितको १०० डलर नोटको नयाँ तस्बिर गरे सार्वजनिक
अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आफ्नो सामाजिक सञ्जालमार्फत आफ्नो हस्ताक्षर भएको १०० अमेरिकी डलरको नोटको नयाँ तस्बिर सार्वजनिक गरेका छन् । केही महिनाअघि अमेरिकी कोष विभाग (ट्रेजरी विभाग) ले पहिलो पटक कार्यरत राष्ट्रपतिको हस्ताक्षर अमेरिकी कागजी मुद्रामा समावेश गरिने घोषणा गरेको थियो ।अमेरिकी कोष सचिव स्कट बेसेन्टले शनिबार ट्रम्पको आर्थिक उपलब्धिको प्रशंसा गर्दै अमेरिकाको २५० औं स्थापना दिवसको अवसरमा ट्रम्पको हस्ताक्षर भएको मुद्रा जारी गर्नु उपयुक्त हुने बताएका छन् ।
