गणेशमान चारनाथका ३२८ परिवारले पाए गाउँब्लक जग्गाको लालपुर्जा
धनुषा : धनुषाको गणेशमान चारनाथ नगरपालिकामा गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको छ । पुस्तौँदेखि भोगचलन गर्दै आए पनि कानुनी स्वामित्वबाट वञ्चित गणेशमान चारनाथ नगरपालिका वडा नं ६ का ३२८ परिवारलाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको हो ।गोदारमा आयोजित एक कार्यक्रमबीच नापी कार्यालय धनुषाले उनीहरुलाई लालपुर्जा वितरण गरेको हो । साबिक तल्लो गोदार गाविस वडा नम्बर ३,४,५ र ६ मा वर्षौँदेखि गाउँब्लक जमिन भोगचलन गर्दै आएका परिवारलाई लालपुर्जा वितरण गरिएको नापी कार्यालय धनुषाका प्रमुख उमेश साहले बताए ।
