SHARE
मकालु खबर · आइबार​ २१ असार २०८३ ०७:४४ AM · 1 मिनेट पढाइ

खोटाङको सावाखोलामा पक्की पुल निर्माण सम्पन्न

खोटाङ । सावाखोलामा रु तीन करोड सात लाख ७३ हजार ५९८ को लागतमा मोटरकारलगायत सवारीसाधन सञ्चालन गर्नमिल्ने पक्की पुल निर्माण भएको छ । निर्माणसम्पन्न भएसँगै पुल सञ्चालनमा पनि आएको छ । सङ्घीय सरकारको समपूरक अनुदानमा निर्मित पुलमा शनिबारदेखि सवारीसाधनलाई सञ्चालनको अनुमति दिइएको हो ।