SHARE
मकालु खबर · आइबार​ २१ असार २०८३ ०६:३४ AM · 1 मिनेट पढाइ

ट्रकको फल्स बटमबाट गाँजा बरामद, दुई जना पक्राउ

एजेन्सी । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका-३ स्थित अजमरपट्टीबाट सशस्त्र प्रहरीले असार २० गते गाँजा जस्तो देखिने बस्तुसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरूमा मकवानपुर जिल्लाको कैलाश गाउँपालिका–१ बस्ने २३ वर्षीय साधुराम थिङ र सोही गाउँपालिका –६ बस्ने २१ वर्षीय विपस नेगी छन् ।