SHARE
मकालु खबर · आइबार​ २१ असार २०८३ ०५:५२ AM · 1 मिनेट पढाइ

भावनात्मक कथासहित ‘गौँथली’को ट्रेलर सार्वजनिक, साउन १ बाट प्रदर्शन

काठमाडौँ । चलचित्र ‘गौँथली’को ट्रेलर सार्वजनिक भएको छ । आगामी साउन १ गतेबाट प्रदर्शनमा आउने चलचित्रको निर्माण टिमले सामाजिक र पारिवारिक कथावस्तुमा आधारित ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ३ मिनेट २० सेकेन्ड लामो ट्रेलरले एउटी युवतीको शिक्षा प्राप्तिको संघर्ष र वैवाहिक जीवनमा आइपर्ने अप्रत्याशित चुनौतीलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ ।